१६ वर्षीय निमेष बचाउ अभियानमा प्रवासी नेपालीहरूको सहयोग

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, माघ ३, २०८२
|
|
६५५ हेरिएको
Shares
१६ वर्षीय निमेष बचाउ अभियानमा प्रवासी नेपालीहरूको सहयोग

सारांश

  • हल्दीबारी, झापा।
  • बाह्रदशी गाउँपालिका ३ पनेरु गाउँका १६ वर्षीय क्यान्सर पीडित निमेष जबेगुको उपचारका लागि चलिरहेको निमेष बचाउ अभियानलाई २ लाख ६ हजार ७ सय २७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
  • हल्दीबारी १ फाल्गुनन्द चोकका सामाजिक अभियन्ता लक्ष्मी सम्बाहाम्फे लिम्बूको अगुवाइमा हाल साइप्रसमा बसोबास गर्ने नेपाली साथीभाइहरूले रकम उठाएर एकमुष्ट रूपमा नेपाल पठाएका हुन्।

हल्दीबारी, झापा। बाह्रदशी गाउँपालिका ३ पनेरु गाउँका १६ वर्षीय क्यान्सर पीडित निमेष जबेगुको उपचारका लागि चलिरहेको निमेष बचाउ अभियानलाई २ लाख ६ हजार ७ सय २७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

हल्दीबारी १ फाल्गुनन्द चोकका सामाजिक अभियन्ता लक्ष्मी सम्बाहाम्फे लिम्बूको अगुवाइमा हाल साइप्रसमा बसोबास गर्ने नेपाली साथीभाइहरूले रकम उठाएर एकमुष्ट रूपमा नेपाल पठाएका हुन्।

उक्त सहयोग रकम समाजसेवीहरूको उपस्थितिमा निवर्तमान वडा अध्यक्ष त्रिलोचन सापकोटाको हातबाट निमेषका बुबालाई बुझाइएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशमा रहेर पनि दुःखमा परेकालाई सहयोग गरेकोमा अभियानकर्मी र सहयोगदातालाई धन्यवाद दिँदै निमेष चाँडै निको होस् भन्ने कामना गरे। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी सुमन नेम्बाङ लिम्बुले निमेषको उपचारका लागि सहयोग गर्ने प्रबासी हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । क्यानसर पिडित १६ बर्षिय निमेषको पुर्वान्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ।

उनको उपचारको लागि अझै सहयोग आवश्यक रहेको भन्दै सबैलाई अभियानमा साथ दिन समेत आग्रह गरिएको छ।

Screenshot

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
घोराहीमा नेपाल बन्दको प्रभाव
घोराहीमा नेपाल बन्दको प्रभाव
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?