१६ वर्षीय निमेष बचाउ अभियानमा प्रवासी नेपालीहरूको सहयोग
सारांश
- हल्दीबारी, झापा।
- बाह्रदशी गाउँपालिका ३ पनेरु गाउँका १६ वर्षीय क्यान्सर पीडित निमेष जबेगुको उपचारका लागि चलिरहेको निमेष बचाउ अभियानलाई २ लाख ६ हजार ७ सय २७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
- हल्दीबारी १ फाल्गुनन्द चोकका सामाजिक अभियन्ता लक्ष्मी सम्बाहाम्फे लिम्बूको अगुवाइमा हाल साइप्रसमा बसोबास गर्ने नेपाली साथीभाइहरूले रकम उठाएर एकमुष्ट रूपमा नेपाल पठाएका हुन्।
हल्दीबारी, झापा। बाह्रदशी गाउँपालिका ३ पनेरु गाउँका १६ वर्षीय क्यान्सर पीडित निमेष जबेगुको उपचारका लागि चलिरहेको निमेष बचाउ अभियानलाई २ लाख ६ हजार ७ सय २७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
हल्दीबारी १ फाल्गुनन्द चोकका सामाजिक अभियन्ता लक्ष्मी सम्बाहाम्फे लिम्बूको अगुवाइमा हाल साइप्रसमा बसोबास गर्ने नेपाली साथीभाइहरूले रकम उठाएर एकमुष्ट रूपमा नेपाल पठाएका हुन्।

उक्त सहयोग रकम समाजसेवीहरूको उपस्थितिमा निवर्तमान वडा अध्यक्ष त्रिलोचन सापकोटाको हातबाट निमेषका बुबालाई बुझाइएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशमा रहेर पनि दुःखमा परेकालाई सहयोग गरेकोमा अभियानकर्मी र सहयोगदातालाई धन्यवाद दिँदै निमेष चाँडै निको होस् भन्ने कामना गरे। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी सुमन नेम्बाङ लिम्बुले निमेषको उपचारका लागि सहयोग गर्ने प्रबासी हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । क्यानसर पिडित १६ बर्षिय निमेषको पुर्वान्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ।

उनको उपचारको लागि अझै सहयोग आवश्यक रहेको भन्दै सबैलाई अभियानमा साथ दिन समेत आग्रह गरिएको छ।


प्रतिक्रिया