आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, चैत्र १४, २०८१
|
|
९६ हेरिएको
Shares
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

सारांश

  • चैत १४ ।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ।
  • पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

चैत १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन्। ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए। उनी शतक बनाउन मात्र तीन रनले चुके।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो। सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो। कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए। यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।

कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित
लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित
जलवायु परिवर्तनविरुद्ध गौरादहका युवाको जागरण, ‘स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न

तपाईंले छुटाउनुभयो कि?