हल्दिबारी जेसीजद्वारा खाधसामग्री वितरण

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१०७ हेरिएको
Shares

सारांश

  • हल्दीबारी झापा ।
  • हल्दीबारी जेसीजको स्थापना दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।
  • बिर्तामोडमा आयोजित कार्यक्रममा बालग्राममा रहेका साना नानीबाबुहरूलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गर्नुका साथै उनीहरूसँगै केक काटेर खुसी साटासाट गरिएको थियो।

हल्दीबारी झापा । हल्दीबारी जेसीजको स्थापना दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।

बिर्तामोडमा आयोजित कार्यक्रममा बालग्राममा रहेका साना नानीबाबुहरूलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गर्नुका साथै उनीहरूसँगै केक काटेर खुसी साटासाट गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बालबालिकासँग समय बिताउँदै उनीहरूलाई हौसला र मायाको अनुभूति दिलाएका थिए।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममार्फत अभिभावकविहीन बालबालिकालाई सानो सहयोग गर्न पाएकोमा हल्दिबारी जेसीजका पदाधिकारीहरूले खुशी व्यक्त गरेका छन्। समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र सहयोगका लागि यस्ता मानवीय कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ।

हल्दिबारी जेसीजका २०२६ का अध्यक्ष नितेस खरेलले समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाप्रति सबैले संवेदनशील हुनुपर्ने बताउँदै संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
१६ वर्षीय निमेष बचाउ अभियानमा प्रवासी नेपालीहरूको सहयोग
१६ वर्षीय निमेष बचाउ अभियानमा प्रवासी नेपालीहरूको सहयोग
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
दुर्गा प्रसाईको पक्राउमा राप्रपाको घोर आपती
दुर्गा प्रसाईको पक्राउमा राप्रपाको घोर आपती
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
हल्दीबारी ४ मा बिपन्न घरधुरीलाई निःशुल्क खानेपानी धारा सामग्री वितरण
हल्दीबारी ४ मा बिपन्न घरधुरीलाई निःशुल्क खानेपानी धारा सामग्री वितरण
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
जलवायु परिवर्तनविरुद्ध गौरादहका युवाको जागरण, ‘स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न

तपाईंले छुटाउनुभयो कि?