राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, माघ २, २०८२
|
|
८६० हेरिएको
Shares
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सारांश

  • झापा मेचीनगर ।
  •  झापाको मेचीनगर १४ स्थित धाईजन रामजानकी मन्दिरमा आज राष्ट्रवादी जेनजीका अगुवा चरण जंग प्रसाईं, आशिस सङ्ग्रौला र युनिश चापागाईंले स्थानीय जेनजी युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
  • कार्यक्रमको क्रममा राष्ट्रलाई निकास दिन के कस्ता एजेन्डामा काम गर्नुपर्ने भन्ने विषयमा गहन छलफल भएको जेनजी अगुवा युनिश चापागाईंले जानकारी दिए।

झापा मेचीनगर । झापाको मेचीनगर १४ स्थित धाईजन रामजानकी मन्दिरमा आज राष्ट्रवादी जेनजीका अगुवा चरण जंग प्रसाईं, आशिस सङ्ग्रौला र युनिश चापागाईंले स्थानीय जेनजी युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको क्रममा राष्ट्रलाई निकास दिन के कस्ता एजेन्डामा काम गर्नुपर्ने भन्ने विषयमा गहन छलफल भएको जेनजी अगुवा युनिश चापागाईंले जानकारी दिए। उनले कार्यक्रमको उद्देश्य युवाहरूमा राजनीतिक चेतना र सक्रिय सहभागिता बढाउनु रहेको बताए ।

छलफलमा राजा र राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, संघीयता खारेजी, सुशासन र समसामयिक राजनीतिक विषयहरूमा विशेष ध्यान केन्द्रित गरिएको थियो। कार्यक्रममा सहभागी युवाहरूले राष्ट्रको भविष्य, नेतृत्व र राजनीतिक दिशाबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रवादी जेनजीका अगुवाहरूले युवा सहभागितालाई प्रोत्साहित गर्दै देशको राजनीतिक स्थिरता र समृद्धिका लागि जिम्मेवार भूमिकामा लाग्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?